त्रिभुवन विश्वविद्यालय, नेपाल ल क्याम्पस र नेपाल प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभाग विच सम्झौता भई Money Laundering Investigation and Challenges in Nepal: Study of Law and Practices शीर्षकमा मुख्य अनुसन्धानकर्ता उप—प्रा. डा. किशोर सापकोटा र प्रहरी अतिरिक्त महानिरिक्षक राजन अधिकारीज्यू तथा अनुसन्धानकर्ता सुमित्रा थापा र ओसिका जोशीबाट अनुसन्धान गरिएको प्रतिवेदन र Money Laundering Adjudication in Nepal: Comparative Study with Judicial Practices in the USA and Singapore शीर्षकमा मुख्य अनुसन्धानकर्ता उप—प्रा. डा. रमेश पराजुली र प्रहरी अतिरिक्त महानिरिक्षक राजन अधिकारीज्यू तथा अनुसन्धानकर्ता रत्ना महर्जन र स्मृती रानाभाटबाट अनुसन्धान गरिएको प्रतिवेदनको प्रस्तुतीकरण आज मिति २०८३ साल श्रावण ०६ गते बुधवार नेपाल प्रहरी प्रधान कार्यालयमा सम्पन्न भयो । कार्यक्रममा नेपाल ल क्याम्पसको क्याम्पस प्रमुख डा. श्याम बहादुर कार्की तथा प्रहरीे अतिरिक्त महानिरिक्षक डा. मनोज के.सी., उप—प्रा. डा. रमेश पराजुली, उप—प्रा. डा. किशोर सापकोटा, प्रहरी नायव महानिरिक्षक अरुण भण्डारी, प्रहरी नायव महानिरिक्षक दिपक वस्नेत, प्रहरी नायव महानिरिक्षक ओम बहादुर राना लगायत, प्रहरी वरिष्ठ उपरिक्षक, प्रहरी उपरिक्षक, वरिष्ठ प्रहरी निरिक्षक तथा प्रहरी निरिक्षकहरुको उपस्थिती रहेको थियो । कार्यक्रमको सञ्चालनको समन्वय प्रहरी उपरिक्षक गोपिन्द पुरी तथा कार्यक्रम सञ्चालन प्रहरी निरिक्षक कञ्चन तामाङले गर्नुभएको थियो । उक्त कार्यक्रममा प्रहरी अतिरिक्त महानरिक्षकज्यूले नेपालमा सम्पत्ति शुद्धिकरणको क्षेत्रमा भएको अनुसन्धाबाट प्राप्त निष्कर्ष र सुझाव आगामी अनुसन्धानको रणनीति तय गर्न सहज हुने बताउनु भयो । साथै नेपाल ल क्याम्पसका क्याम्पस प्रमुखले दुबै संस्थाविच अनुसन्धान कार्यको लागि सहकार्य हुनु ज्यादै नै महत्वपूर्ण भएको हुँदा आगामी दिनमा पनि सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।